तालिबानद्वारा लाइभ टिभी प्रसारणमा डिग्री च्यात्ने प्राध्यापक पक्राउ
शुक्रबार, २० माघ २०७९, १५ : ५९

तालिबानले महिला शिक्षाका लागि आवाज उठाउने अफगानी प्राध्यापकलाई पक्राउ गरेको छ । राजधानी काबुलका सडकमा निःशुल्क पुस्तक वितरण गरिरहेको बेला उनलाई पक्राउ गरिएको हो ।
तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेको बारे कुनै टिप्पणी गरेको छैन, तर तालिबान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीमाथि सही व्यवहार गरिएको दाबी गरेका छन् ।
इस्माइल मशाल टिभीमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो शैक्षिक कागजात र डिग्री च्यातेपछि चर्चामा आएका थिए । उनले महिला र केटीहरूको शिक्षामा प्रतिबन्धको विरोध गरेका थिए ।
गत महिना, उनले बीबीसी अफगान सेवासँगको कुराकानीमा पुरुष महिलाको अधिकारका लागि उभिनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको थाइल्यान्ड भ्रमणबाट सार्वभौमिकता प्रस्ट भयोः विप्लव
-
बझाङमा एक महिलाको शव फेला
-
सांसद राई पक्राउ परेको सदनलाई जानकारी
-
शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र