शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

युक्रेनी राष्ट्रपति र युरोपेली संघका अध्यक्षबीच भेटवार्ता

शुक्रबार, २० माघ २०७९, १५ : ५२
शुक्रबार, २० माघ २०७९

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई संघले उपलब्ध गराउने  सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।

युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा संघको सराहना गरे । उनले संघका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको उनको प्रेस सेवाले जनाएको छ । 

संघका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिएका थिए ।

रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्व विभिन्न देशले सहयोग गर्दै आएका छन् । सङ्घले पनि लामो समयदेखि किएभलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गर्दै आएको छ ।

यसअघि गत बुधबार मात्र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका थिए । (रासस/सिन्हवा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप