‘ह्रस्वदीर्घ’ बाट बाहिरिए सलोन
![‘ह्रस्वदीर्घ’ बाट बाहिरिए सलोन](https://npcdn.ratopati.com/media/news/Salon-Basnet_MobsDSeugG.jpg)
काठमाडौँ । फिल्म ‘ह्रस्वदीर्घ’ बाट अभिनेता सलोन बस्नेत बाहिरिएका छन् । फिल्मको समयमा सुटिङ हुन नसकेपछि उनी फिल्मबाट बाहिरिएका हुन् । ‘ह्रस्वदीर्घ’ फिल्मको छायाङ्कन पहिले निर्धारित समयभन्दा ढिला भएका कारण फिल्म छोड्नु परेको सलोनले बताए । ‘ह्रस्व दीर्घ’ को छायाङ्कन पहिले कात्तिक र मंसिर भनिएको थियो । त्यसैले फागुनमा ‘जय हो’ को सुटिङ राखियो’, सलोनले भने ‘अहिले ‘ह्रस्व दीर्घ’ को छायाङ्कन पनि फागुनमा आयो ।’ एउटै समय दुई वटा फिल्म छायाङ्कन गर्न नमिल्ने भएकोले आफुले फिल्म छोडेको सलोनको भनाई रहेको छ ।
‘जय हो’ सलोनको होम प्रोडक्सनमा निर्माण हुने फिल्म हो । फिल्मको छायाङ्कन २५ फागुनबाट सुरु हुँदैछ । अभिनेत्री नीता ढुंगानाको कम्पनी नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा सलोन बाहिरिए पनि कमेडियन आदर्श मिश्र भित्रिएका छन् । आदर्श अहिले भारतमा रहेर फिल्मको वर्कसप गरिरहेका छन् ।
चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मलाई ठुलो क्यानभासमा बनाउने तयारी गरिएको छ । फिल्ममा साउथका कलाकारहरु ब्रम्हानन्द, सुनिल बर्मा र नेपाली कलाकार हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा लगायतको समेत अभिनय रहनेछ । नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्म रामोजी स्टुडियो, नेपाल र बनारसमा खिच्ने तयारी निर्माताको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन