अमूलको दूध प्रतिलिटर ३ भारुले महँगियो
शुक्रबार, २० माघ २०७९, १० : १५

अमूलले सबै प्रकारका दूधको प्याकेटको मूल्य प्रतिलिटर ३ भारतीय रुपैयाँले बढेको घोषणा गरेको छ । यो वृद्धि तत्काल लागू भएको कम्पनीले जनाएको छ ।
गुजरात सहकारी दुग्ध बजार महासङ्घले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
विज्ञप्ति अनुसार अहिले अमूल गोल्डको मूल्य प्रतिलिटर ६६ भारु भएको छ भने अमूल ताजाको मूल्य बढेर प्रतिलिटर ५४ भारु पुगेको छ ।
अमूल गाईको दूधको मूल्य प्रतिलिटर ५६ भारु पुगेको छ भने अमूल भैँसीको दूधको मूल्य प्रतिलिटर ७० भारु पुगेको छ ।
Amul has increased prices of Amul pouch milk (All variants) by Rs 3 per litre: Gujarat Cooperative Milk Marketing Federation Limited pic.twitter.com/At3bxoGNPW
— ANI (@ANI) February 3, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ