खल्तीको नयाँ अफर सार्वजनिक, प्रयोगकर्ताले २ गुणा बढी फाइदा लिन सक्ने

काठमाडौँ । खल्तीले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरू लिन खल्ती प्रो वा खल्ती क्लब मध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।
खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले मात्र रु ३९९ को मेम्बरसिपमा चलचित्र र इभेन्टको टिकटमा रु १००० सम्म क्यासब्याक साथै अन्य अफरहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ‘खल्ती प्रो’ अर्को सब्सक्रिप्शन प्लानमा खल्ती प्रयोगकर्ताहरूले मात्र रु ५९९ को मेम्बरसिपमा थप विशेष र अतिरिक्त फाइदा लिन सक्नेछन् ।
खल्ती प्रयोगकर्ताहरूले यी दुई मध्ये कुनै एक योजनाको मेम्बरसिप लिन सक्नेछन्। यो सब्क्रिप्शन प्लान १ वर्षलाई लागु हुनेछ। तर, खल्ती प्रो को मेम्बरसिप सब्सक्रिप्शन छनौट गर्नेहरूले खल्ती क्लबभन्दा बढी विशेष अफरहरू प्राप्त गर्नेछन्।
एक वर्षमा ‘खल्ती मेम्बरसिप ’ सदस्यले पनि सामान्य खल्ती प्रयोगकर्ताभन्दा दोब्बर खल्ती पोइन्ट्हरू र ब्लुबुक नवीकरण सेवामा रु १०० को छुट पनि पाउनेछन्। चलचित्र र इभेन्ट प्रेमी प्रयोगकर्ताहरूलाई आकर्षित पार्दै थप अफर उपलब्ध गराउने विचारका साथ खल्ती क्लब सुरु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल