सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीका १३ जना डीएसपीको काज सरुवा, सिमरामा प्रदीप क्षेत्री

बिहीबार, १९ माघ २०७९, १६ : ००
बिहीबार, १९ माघ २०७९

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना डीएसपीहरुको काज सरुवा गरेको छ । 

बिहीबार ११६ जना डिएसपीको नियमित सरुवा गरेका आईजीपी धिरज प्रताप सिंहले पुनः काज सरुवा गर्ने निर्णय गरेका हुन् । 

पश्चिम रुकुममा कार्यरत विष्णु प्रसाद सोतीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा द्वारिका प्रसाद घिमिरे, वीरेन्द्र वीर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय सुख्खड कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीमा गणेश बहादुर बराललाई सरुवा गरिएको छ । 

बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा प्रदीप बहादुर क्षेत्रीलाई सरुवा गरिएको छ । छेदीलाल कामतीलाई इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीमा मदन बहादुर कुँवरलाई काज सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप