नयाँ मिस नेपालका लागि आवेदन खुल्यो

काठमाडौँ । ‘मिस नेपाल–२०२३’ को आवेदन खुल्ला भएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार काठमाडौमा एक कार्यक्रमका बीच नयाँ मिस नेपालको लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।
अगामी जेठ १३ ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुने प्रतियोगीतामा सहभागीताका लागि इच्छुकबाट चैत १ गतेसम्म आवेदन मागिएको छ । ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले मात्र आवेदन भर्न सक्ने प्रतियोगीतामा निःशुल्क आवेदनको व्यवस्था छ ।
प्रतियोगीतालाई फराकिलो बनाउन यस पटक आयोजकले ७ प्रदेशमै प्रारम्भिक अडिसन गर्न लागेको छ । जसमा इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म र काठमाडौंमा मार्च १८ मा हुनेछ ।
प्रतियोगीतामा हरेक वर्ष झैँ ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ विजेता छानिनेछ । मिस नेपालको टाइटल स्पोन्सरमा यो पटक पनि डाबर बाटिका रहेको छ ।
कार्यक्रममा ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी ‘मिस वर्ल्ड २०२३’मा सहभागीकाे क्रममा रहेको जानकारी समेत दिइयो । मे महिनामा आयोजना हुने प्रतियोगीताका लागि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तयारी समेत गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै
-
विद्युत् प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्दै
-
सगरमाथा संवादका लागि प्रधानमन्त्रीले बढाए सक्रियता
-
एनआरएनए विवादसम्बन्धी दुई मुद्दा हेर्न नमिल्नेमा
-
इन्टर मियामीका प्रशिक्षक मास्चेरानोले लिए हारको जिम्मेवारी
-
लिङ्देनले घटना विषयान्तर गर्न रक्सी चोरेको प्रसङ्ग उठाए : सांसद गौतम