बुटवल नगरवासीले निःशुल्क रगत पाउने
बिहीबार, १९ माघ २०७९, १७ : ४९

बुटवल । बुटवल उपमहानगरपालिकाका भित्रका स्थानीयले रगत निःशुल्करुपमा पाउने भएका छन् । उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग बिहीबार सम्झौता गरी नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गरेको हो ।
नगरप्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उक्त सम्झौतामा हस्ताक्षर गर्दै बुटवल नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने बताए ।
सम्झौतामा रगत उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरू सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए । अब बुटवल नगरवासीले रुपन्देहीका कुनैपनि अस्पतालमा रगत निःशुल्क पाउने छन् ।