राजनीति
सरकारको विषयमा रास्वपाको निर्णायक बैठक जारी
बिहीबार, १९ माघ २०७९, १८ : ०८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक जारी रहेको छ । बिहीबार अपराह्नदेखि रास्वपाको केन्द्रीय कार्यालयम बैठक जारी रहेको हो । बैठकमा केन्द्रीय समितिका सदस्यहरु, सांसद र मन्त्रीसमेतको सहभागिता रहेको छ । बैठकमा सरकारको विषयका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ । यसका साथै अब सरकारमै रहिरहने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
-
राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा
-
१२ बजे, १२ समाचार : 'चाइना कार्ड' भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति' देखि 'डिजेल र मट्टितेलको मूल्यवृद्धि' सम्म
-
चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु
-
गुरु नानकको मानवतावादी दर्शन तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्छ : श्रेष्ठ
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड