प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका नेता पेरिसडाँडामा
बिहीबार, १९ माघ २०७९, १६ : ५८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै पौडेल प्रचण्डलाई भेट्न माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका हुन् ।
पार्टीको तर्फबाट उनी पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पेरिसडाँडा पुगेको बताइएको छ । गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् ।
प्रचण्डको अडानपछि सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिन रास्वपाको बैठक पनि बिहीबार बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ दलीय मधेसी मोर्चाले तयार गर्यो साझा एजेन्डा
-
ऊर्जामन्त्रीले टीओडी जाँच गर्न बनाएको समितिले काम गर्न नपाउने गरी अन्तरिम आदेश
-
ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला
-
‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’
-
निजीकरण विधेयक सार्वजनिक संस्थानहरूलाई कौडीको भाउमा बेच्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
-
अस्पतालबाट डिस्चार्ज भए एआर रहमान