पक्राउ परेका सांसद अरुण चौधरीलाई कैलाली ल्याइँदै

धनगढी । बाँकेबाट पक्राउ परेका सांसद अरुण कुमार चौधरीलाई कैलाली ल्याउन थालिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित सांसद चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरिएको हो ।
उनी लामो समयदेखि ट्याक्टरमा आगजनी मुद्दामा प्रहरीको फरार सूचीमा थिए । सोही मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय सुनाएको थियो । तर उनलाई पक्राउ गरिएको थिएन । पक्राउ परेका चौधरीलाई कैलाली ल्याउन लागिएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी अशोक कुमार सिंहले बताए ।
वि.सं.२०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।
८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला गरिएको थियो । अदालतले फैसला गरेपनि यसअघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन । अरुण चौधरी वि.सं. २०७४ सालमा आगजनी भएको ट्याक्टरका सञ्चालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए ।
कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते बजगाईँले मुद्दा दायर गरेका थिए ।
पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजीनिती सुरु भएको देख्दा अचम्म लागेको उनको भनाइ छ । आफूसँगै मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने वेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान