पीएलओले ५ लाख कित्ता आईपीओ जारी गर्ने
काठमाडौँ । पूर्वाञ्चल ल्यूब आयल लिमिटेड (पीएलओ) ले ५ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पब्लिक कम्पनीमा जाने गरी प्राथमिक सेयर जारी गर्ने भएको हो । शेयर निष्काशन तथा व्यवस्थापनका लागि कम्पनीले प्रभू क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभू क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सुन्दरहरैचा ९ मोरुङ विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्यूब आयलले बिगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र ५ हजार भन्दा बढी खुद्रा व्यापारी कम्पनीहरु पीएलओमा आबद्ध छन् । २ लाखभन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको बताइएको छ ।
विदेशी लुब्रिकेन्टलाई बिस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
-
२ जना मृतावस्थामा फेला
-
९५% युवा सामाजिक सञ्जालमा सक्रिय : आम्दानी हुन्छ तर बिग्रँदै छ मानसिक स्वास्थ्य
-
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे
-
नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग घरेलु मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने
-
सरकारवादी मुद्दाहरुमा सरकारलाई ६८.२७ प्रतिशत सफलता