सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राख्न आयोगको आग्रह

बिहीबार, १९ माघ २०७९, १२ : २३
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर  सिफारिस गरिदिन मधेशी आयोगसमक्ष अनुरोध गरेको छ ।   मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको छ ।  यसअघि आयोगले सिफारिसकै आधारमा मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो  ।

मधेसी आयोगद्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सूचीकृत गरिएको थियो  । प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ संगठनहरुले मधेसी आयोगको सो निर्णयप्रति विरोध गरेका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो । 

मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेसीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख छ ।  मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि सूचीबाट हटाएको बताए । यससँगै आयोग आन्तरिक छलफलमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप