दोलखा आगलागी पीडितलाई राहत र उद्दार गर्न माग
बिहीबार, १९ माघ २०७९, ११ : ५१

काठमाडौँ । दोलखाका समानुपातिक सांसद ईश्वरबहादुर रिजालले कालिञ्चोक गाउँपालिका वडा नं. ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न माग गरेका छन् । सांसद रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा मानवीय क्षति नभएपनि ९ घर जलेर नष्ट भएको तथा घरमा र डेरामा व्यापार गर्ने १५ परिवारको पसल एवं पशुधनसमेत जलेको बताएका छन् ।
‘क्षतिको एकिन विवरण आइनसके तापनि करिब १६,१७ करोडको नोक्सान भएको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरीहरू गई आगलागी नियन्त्रणमा लिने कार्य भएको छ’, रिजालले विज्ञप्तिमा भनेका छन्, ‘तत्काल राहत तथा उद्धारका लागि नेपाल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत सरोकारवाला सबै संघ सस्थाको ध्यानाकर्षण गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित