माओवादीका प्रवक्ता महरालाई प्रश्न -पार्टीको बैठक किन सरिरहेको हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा महराले प्रधानमन्त्री भएपछि धेरै काममा व्यस्त हुनुपर्ने भएकाले बैठक सार्न बाध्य भएको बताए ।
‘प्रधानमन्त्री भएपछि धेरै काम हुन्छन् । धेरैतिर समय दिनुपर्छ भन्ने सबैले बुझेको कुरा भयो । उहाँको विभिन्न कामको व्यस्तताले गर्दा पार्टीको बैठक सरेको हो’ रातोपाटीसँग कुरा गर्दै महराले भने, ‘आज बैठक सक्ने तयारी छ । प्रधानमन्त्री ज्यूले कम महत्त्व दिएको होइन । धेरै होमवर्क गरेर बैठक बस्न खोजेको हो । पार्टीका विविध संगठनिक स्वरूपलाई मिलाउनु पर्नेछ ।’
गत माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक २ दिन मात्रै बस्यो । त्यस लगत्तै पुनः स्थायी समिति बैठक रोकेर पदाधिकारी बैठक बस्यो । आज बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु