धनुषामा प्रहरी हिरासतबाट भागेका ६ जना मध्ये ४ जना पक्राउ

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना अभियुक्त मध्ये ४ जना अभियुक्त पक्राउ परेका छन् । तीन जना यसअघि नै पक्राउ परेकोमा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागु औषध मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा रहेका छन् । उनलाई जिल्लाको मथिला नगरपालिका १० लालगढको रातो खोलाको बगर छेउमा लुकीछिपी बसिरहेको अवस्थामा बुधबार राति १ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी यसअघि अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्तका अभियुक्त मिथिला २ का २५ वर्षीय हरिदीप सिंह, सोही मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र हातहतियार तथा खरखजाना मुद्दाका अभियुक्त रोशनकुमार महतो पक्राउ परेका थिए ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको अपराध मुद्दाका हरिदीपलाई मङ्गलबार राति पक्राउ गरिएको प्रहरीको भनाई छ । यसअघि अमित मण्डललाई मङ्गलबार दिउँसो पक्राउ गरेको डिएसपी क्षेत्रीले जनाए ।
त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशन महतोलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?