महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्ने भएका छन् ।
विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारीका काम सुरु गरिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा