'१५ दिनको समय सीमामै संसद् नियमावली निर्माण गर्छौं'
बुधबार, १८ माघ २०७९, १८ : ३३

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद् नियमावली निर्माण कार्यलाई तीव्रता दिएको छ ।
बुधवार संसद् भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र नै नियमावली निर्माण सक्नेगरी छलफल अघि बढाएको बताएको हो ।
बैठकपछि बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रस्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेको बताए ।
उनले नियमावलीमा प्रत्येक पटक संसद् अधिवेशन सुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोही अनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्नेगरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताए ।
प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ । गत माघ १३ गते समितिको पहिलो बैठक बसेको थियो ।