लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा
बुधबार, १८ माघ २०७९, १७ : ०५

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा ललितपुरको हात्तीवनमा विस्तार गरेको छ । सो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाइएको छ ।