सीके राउतसँग कार्यगत एकता गरेको नागरिक उन्मुक्तिसँग जसपाको एकता कार्ड !

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी एकीकरणका लागि रेशम चौधरीले स्थापना गरेका नागरिक उन्मुक्ति पार्टीसँग प्रस्ताव गरेको छ ।
जसपा पार्टीले गठन गरेको वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले सो प्रस्ताव गरेका हुन् । पार्टीका वरिष्ठ नेता समेत रहेका संयोजक श्रेष्ठले हिजो जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीलाई भेटेर सो प्रस्ताव गरेका थिए । नेता श्रेष्ठले भने, ‘हामीले विभिन्न दलसँग एकता र सहकार्यका लागि छलफल गरिरहेका छौं , सोही क्रममा रेशमजीलाई हिजो भेटेको हो, भेटमा पार्टी एकता तथा सहकार्यका लागि प्रस्ताव गरेको छु सो प्रस्तावप्रति उहाँ सकारात्मक हुनुहुन्छ ।’
उनले बिस्तारै छलफलहरू अगाडि बढाउने कुरा भएको पनि बताए । यसअघि नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको थियो । हाल आएर जसपाले पनि एकताको प्रस्ताव अघि सारेको हो ।
जसपाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग पनि एकता प्रक्रिया अगाडि बढाएको छ । दुवै पार्टीले एक अर्काको दस्ताबेजहरू अध्ययन गरिरहेका छन् । अध्ययन गर्ने क्रममा सजिलो र जटिल विषयलाई छुट्याउने काम गरिरहेको बताइएको छ । दस्ताबेज अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी एकीकृत समाजवादी पार्टीको तर्फबाट सो पार्टीमा उपमहासचिव डा.विजय पौडेल र जसपाका तर्फबाट सो पार्टीका कार्यकारिणी सदस्य गोविन्द चौधरीले पाएका छन् ।
नेता चौधरीले दुवै पक्षले दस्ताबेज अध्ययन गरिरहेको र चाँडै नै एउटा निष्कर्षमा पुग्ने बताए । राजनीतिक उथलपुथल र नेताहरुको दौडधुपका कारणले छलफललाई प्रभावित पारेको भन्दै उनले अब चाँडै नै टुग्यांउने गरी काम अगाडि बढाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन