शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस

बुधबार, १८ माघ २०७९, १६ : २८
बुधबार, १८ माघ २०७९

काठमाडौँ । प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेस गरिएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेस गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप