रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
बुधबार, १८ माघ २०७९, १४ : २७

सुर्खेत । रुकुम पश्चिम मुसिकोट ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते विकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो ।
दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरी बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?