गुल्सनले यू–१९ टोलीको कप्तानी गर्ने
बुधबार, १८ माघ २०७९, २२ : ००
![गुल्सनले यू–१९ टोलीको कप्तानी गर्ने](https://npcdn.ratopati.com/media/news/327815627_873588157226523_1605152834647629840_n_IdD6adAuy8.jpg)
काठमाडौँ । गुल्सन झाले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले झालाई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो ।
नेपालका लागि उनले ९ एकदिवसीय अन्तर्राष्ट्रिय र १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । विश्वकप छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । क्यानले यू–१९ क्रिकेट टोली यसअघि नै घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो