गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ गृह मन्त्रालयमा फर्कन दौडधुप गरिरहेका बेला यसबारे पार्टीभित्र दुई धार देखिएको छ । दुई धार देखिएपछि तत्काल सरकारबाट फिर्ता हुने निर्णयबाट समेत लामिछाने ब्याक हुनुपरेको छ ।
नागरिकता मुद्दामा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेमाथि पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी छ । यस्तो अवस्थामा उनी तत्काल गृहमा फर्किए सो मुद्दा कमजोर बनाउन सक्ने चिन्ताबीच गैरसांसदको रूपमा गृह मन्त्रालयमा फर्किन न्वारनसम्म बल लगाइरहेका छन् । लामिछानेलाई प्रवक्ता मुकुल ढकालसहित केही कांग्रेस पृष्ठभूमिका सांसदहरूले साथ दिइरहेका छन् । लामिछानेलाई गैरसांसदको रूपमा गृहमा फर्काउने सफल नभएमा सरकारबाट बाहिरिनेसमेत चेतावनी उनीहरुले दिइरहेका छन् ।
तर, उपसभापति एवम् श्रममन्त्री डीपी ढकालसहित अन्य सांसदहरूले मंगलबार साँझ लामिछानेलाई भेटेर तत्काल सरकारबाट बाहिर नहुने भन्दै दबाब दिएपछि उनी ‘ब्याक’ भएको पार्टीका एक नेताले रातोपाटीलाई बताए । सकेसम्म लामिछानेलाई नै गृहमा फर्काउने, त्यो नभएमा अरु कुनै सांसदलाई पठाएर भएपनि यो गठबन्धन जोगाउने पक्षमा उनीहरू छन् । गृह मन्त्रालयमा लामिछाेनलाई फर्काउने विषयमा पार्टीमा दुई धार भएपछि पार्टीभित्र समझदारी जुट्न सकेको छैन । थप विवाद हुने त्रासले सभापति लामिछानेले पार्टीको बैठकसमेत बोलाएका छैनन् ।
सभापति लामिछानेले गत पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका थिए । नागरिकता तथा पासपोर्टको विषय विवादमा रहेका बेला रविले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएर सिंहदरबारमा प्रवेश गरेपछि धेरैलाई आश्चर्यचकित बनाएको थियो ।
रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलेसामाजिक सञ्जालमार्फत भनेका छन्,‘गृह मन्त्रालय रास्वपालाई फिर्ता आउनुपर्छ ? पक्का ! यो अधिकार फिर्ता लिन हामी जुट्नै पर्छ । अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादविहीन, अनि पार्टी र देशको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला ? यो छुट्टै प्रश्न हो।’
सभापति लामिछानेले गत पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका थिए । नागरिकता तथा पासपोर्टको विषय विवादमा रहेका बेला रविले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएर सिंहदरबारमा प्रवेश गरेपछि धेरैलाई आश्चर्यचकित बनाएको थियो । जसरी सबैलाई आश्चर्यचकित पार्ने गरी गृह मन्त्रालयको जिम्मेवारी पाए, त्यसैगरी नै लामिछाने ३२ दिनमै सिंहदरबारबाट बिदा भए । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता प्रक्रिया पुर्याउनु पर्ने भन्दै उम्मेदवारी खारेज गरेपछि उनले सांसद पदसँगै उपप्रधान सहित गृहमन्त्रीको पद गुमाउनु परेको थियो ।
लामिछानेले आइतबार नेपाली नागरिकता पुनः प्राप्त गरेपछि पुरानै जिम्मेवारीमा फर्किन जोडतोडका साथ लागेका छन् । रविलाई फर्काउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत प्रेसर बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो कुरा आफ्नो पार्टीको बैठकमा समेत ब्रिफिङ गरेका थिए । गृह मन्त्रालयको लफडाबीच अहिलेसम्म लामिछानेले तीन दिनमा प्रचण्डलाई तीन पटक तथा ओलीलाई दुईपटक प्रत्यक्ष भेटेर दबाब दिइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई पार्टीभित्रका नेताहरूले गृह मन्त्रालय रास्वपालाई नदिन दबाब दिन थालेका छन् ।
तर, प्रधानमन्त्री प्रचण्ड गैरसांसदको रूपमा लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउन तयार देखिएका छैनन् । लामिछानेको पासपोर्टसम्बन्धी मुद्दा बाँकी भएकाले लामिछानेलाई तत्काल गृहमा फर्काउन नसकिने प्रचण्डले अडान लिएको प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले बताए ।
‘प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरूसँग परामर्श गर्नुभयो । नागरिकताको मुद्दा सुल्झिए पनि पासपोर्ट दुरुपयोगको विषयले गाह्रो बनाउँछ भन्ने छ । यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छ’ प्रधानमन्त्रीको सचिवालय ती सदस्यले भने, ‘प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न । उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ ।’
प्रधानमन्त्री प्रचण्डलाई पार्टीभित्रका नेताहरूले गृह मन्त्रालय रास्वपालाई नदिन दबाब दिन थालेका छन् । प्रधानमन्त्री सफल हुनका लागि गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय आफू हुनुपर्नेमा तीनवटै मन्त्रालय नभएपछि गृह लिएरै छोड्नुपर्ने अडान लिएका हुन् । यता प्रचण्ड गृह मन्त्रालय कम्तीमा राष्ट्रपतिको निर्वाचनसम्म आफैँसँग राख्ने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि