नेपाल्स सिनेमा फेस्ट : स्वीकृति बिना आफ्नो फोटो प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति

क्याप्टेन विजय लामाले दुबईमा आयोजना हुन लागेको नेपाल्स सिनेमा फेस्टमा आफ्नो फोटो प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले बुधवार फेसबुक पेजमा यसप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘न मलाई यसबारे कुनै जानकारी नै छ न निमन्त्रणा नै छ, न मलाई सहभागिता जनाउन समय नै छ । ’
‘यसरी लिखित स्वीकृति बिना नै मेरो तस्बिर चलाएर राख्नु कत्तिको उचित हुन्छ ?’ उनले आयोजकलाई प्रश्न गरेका छन् ।
उनले यस कार्यक्रमसँग आफ्नो कुनै पनि संलग्नता नभएको भन्दै स्पष्ट पनि पारे । यसका साथै, उनले अबदेखि कसैले उनको तस्बिर प्रयोग गर्नु पूर्व सूचना दिन वा स्वीकृति लिएर मात्र अघि बढ्न चेतावनी पनि दिएका छन् ।
चलचित्र विकास बोर्डले फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेस्ट २०२३ ’ विवादित सूर्य कर्पोरेसनसँग सहकार्य गरेको भन्दै यसबारे विरोध पनि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने