दुबईमा हुने सिने फेष्ट कार्यक्रममा मेरो संलग्नता छैन : विजय लामा
बुधबार, १८ माघ २०७९, ११ : २९
काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट तथा कलाकार विजय लामाले चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ मा आफ्नो संलग्नता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत लामाले सो कुराको जानकारी दिएका हुन् ।
लामाले बोर्डले आयोजना गर्न लागेको सो कार्यक्रमको पोष्टरमा आफ्नो स्वीकृति बिना तस्बिर राखेको भन्दै गुनासो समेत पोखेका छन् । उनले भनेका छन् : ‘यही पोष्टमार्फत यस कार्यक्रमसँग मेरो कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहान्छु । आइन्दादेखि कसैले पनि मेरो तस्बिर चलाउन परे पूर्व सूचना या स्वीकृत लिएर मात्रै गर्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा