लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताएका छन् । मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताए ।
उनले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनीयता बढाउन पनि जरुरी रहेको बताए । मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वसनीयताका विषयमा उजागर गराउने बताए ।
उनले हिसाबकिताब पारदर्शिता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसाबकिताब पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताए ।