ईसेवाको म्यानेजरको आवरणमा पटक पटक ठगी धन्दा, प्रेमिकाको भाइको समेत मोबाइल चोरेर जे गरे...
-_AWDrvD9OkR.jpg)
काठमाडौँ । रौतहट घर भएका शुभम साह । १९ वर्षीय शुभमले १२ कक्षा मात्रै पास गरेका छन् । तर, उनी ठगीका मास्टर माइन्ड भएको प्रहरी अधिकारीहरु बताउँछन् । ईसेवाको कर्मचारीको नाममा ठगी गरेर यसअघि पनि पक्राउ परेका साह अहिले दोस्रो पटक प्रहरी हिरासतमा छन् ।
ईसेवा प्रालिको म्यानेजरको आवरणमा ठगेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–२ घर भएका शुभम अपरिचित नम्बरमा कल गर्छन् र भन्छन्–‘म ईसेवाको म्यानेजर हुँ, तपाईँको आइडी बैंकसँग लिंक गराइदिन्छु ।’
ग्राहकलाई विश्वासमा लिएपछि ओटिपी (वान टाइम पासवर्ड) मागेर साहले अर्काको ईसेवा र बैंक खातामा पहुँच बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीसँगै बाराको गढीमाई घर भएका सर्फराज आलम २०७८ फागुन ८ मा पनि पक्राउ परेका थिए । त्यस बेला ईसेवामा ५० हजार जम्मा गरे २५ सय बोनस पाइन्छ भनेर उनीहरूले रकम जम्मा गर्न लगाएर ठगेका थिए । सो मुद्दामा धरौटीमा छुटेका उनी फेरि ठगी धन्दामा लागेका हुन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार साहले गर्लफ्रेन्डको भाइको समेत मोबाइल चोरी गरे । मोबाइल हराएको कुरा प्रेमीकाले उनलाई सेयर गरिन् । उनले भने–‘म ट्रेस गर्न सक्छु, केही दिनमा म पत्ता लगाइदिन्छु प्रहरीलाई भन्नु पर्दैन ।’ त्यतिन्जेल सो मोबाइलमा भएका नम्बर र फोटोहरू लिएर उनले फिसिङ गर्न थाले । प्रेमिकाको मोबाइलमा भेटिएका नम्बरलाई फोन गरेर ‘ई–सेवाबाट बोलेको बैंकसँग लिंक गराउँछु’ भन्ने गरेको बताउँछन् अनुसन्धानमा संलग्न प्रहरी अधिकृत ।
ईसेवामा अनधिकृत पहुँच बनाएपछि साहले पीडितकै नामबाट सपिङ गरेको पैसा तिर्ने र ऋण लिएको रकम पनि पीडितकै खाताबाट पठाउने गरेको थाहा भएको छ ।
३५ उजुरी
शुभम विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा ३५ जनाले उजुरी दिएको एसपी कोइरालाले जानकारी दिए । अहिलेसम्मको अनुसन्धानबाट उनले १६ लाख १३ हजार ठगेको भेटिएको छ ।
आईटीमा जानकार उनले पीडितहरूलाई ‘ईसेवा र बैंक खाता लिंक गराइदिन्छु’ भनेर विश्वासमा पार्ने गरेका छन् । त्यसो गर्दा रकम फिर्ता पनि आउने भन्दै उनले ग्राहकको वालेट आइडीमा अनधिकृत पहुँच बनाउने गरेको एसपी कोइरालाले जानकारी दिए ।
वालेटमा पहुँच बनाएपछि सामाजिक संजालमा बिक्रीमा राखेको सामान किनेर पीडितकै वालेटबाट भुक्तानी गर्थे । ‘केवाइसी फर्म अपडेट र स्टेटमेन्ट भेरिफाई गर्ने नाममा उनले वालेटमा अनधिकृत पहुँच बनाएको देखिन्छ’ एसपी कोइराला भन्छन्–‘आरोपीबारे विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’
आरोपीको साथबाट प्रहरीले १० थान सिम कार्ड पनि बरामद गरेको छ । उनी कोटेश्वर, तिनकुने र शंखमुलमा हुलिया परिवर्तन गरेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी