सन् २०२३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशतले सुधारिने प्रक्षेपण

काठमाडौँ । अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ)ले सन् २०२३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । आईएमएफले पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै यसअघि गरेको प्रक्षेपणको तुलनामा ०.२ प्रतिशतले विश्व अर्थतन्त्र सुधारिने आङ्कलन गरेको हो । यसअघि, आईएमएफले सन् २०२३ को अर्थतन्त्र २.७ प्रतिशतले सुधारिने प्रक्षेपण गरेको थियो ।
जबकि, रुस युक्रेन युद्धका बाबजुद विश्व बजारमा इन्धनको मूल्य सस्तिँदा विश्वभर आर्थिक गतिविधि बढ्दा अर्थतन्त्र सुधारिने प्रक्षेपण आईएमएफको छ । यस्तै, यसअघि आईएमएफले सन् २०२२ विश्वको अर्थतन्त्र ३.२ प्रतिशतले सुधारिने प्रक्षेपण गरेकोमा ३.४ प्रतिशतले सुधारिएको छ । यस्तै, सन् २०२४ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले बढ्ने प्रक्षेपण समेत आईएमएफको छ ।
बेलायतको अर्थतन्त्रमा ऋणात्मक वृद्धि
आईएमएफले सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशतले सुधारिने भएपनि बेलायतको अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको छ । आईएमएफका अनुसार यो वर्ष बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले ऋणात्मक हुनेछ । यो विकसित तथा सबल अर्थतन्त्र भएका मुलुकहरुमध्ये सबैभन्दा ठुलो संकुचन हो ।
यस्तै, अमेरिकाको अर्थतन्त्र १.४ प्रतिशतले बढ्ने छ भने युरो क्षेत्रको अर्थतन्त्र ०.७ प्रतिशत, फ्रान्सको ०.७, जर्मनीको ०.१, इटालीको ०.६, स्पेनको १.१ र जापानको अर्थतन्त्र १.८ प्रतिशतले बढ्ने छ । यसैगरी, छिमेकी चीन र भारतको अर्थतन्त्र क्रमशः ५.२ र ६.१ प्रतिशतले बढ्नेछ ।
युक्रेनमा सैन्य हमला गरिरहेको रुसको अर्थतन्त्र समेत यो वर्ष सुधारिने छ । रुसको अर्थतन्त्र सन् २०२३ मा ०.३ प्रतिशतले सुधारिने छ । गत वर्ष २०२२ मा रुसको अर्थतन्त्र २.२ प्रतिशतले ऋणात्मक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६०० जनाभन्दा बढीको सहभागितामा त्रिदेशीय पर्यटन प्रदर्शनी सम्पन्न
-
१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प
-
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास