श्रम मन्त्रालयको पहलमा सिंहदरबार प्रवेशमा सहज

काठमाडौं । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ । श्रम मन्त्रालयको सिफारिस अनुसार गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएको र सोअनुसार अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताए ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अर्यालले सोमबारदेखि लागू हुने गरी कालो नम्बर प्लेट भएका ९सार्वजनिक० सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताए ।
उनले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी नरोकिने जानकारी दिए ।
उनले भने, ‘फरक क्षमता भएका तथा अशक्त व्यक्तिहरू सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न । तर, सिंहदरबार गेटबाट सार्वजनिक सवारी भित्र छिर्न नपाउने व्यवस्था थियो ।’
यो व्यवस्थालाई हटाउँदै गृह मन्त्रालयसँगको समन्वयमा अशक्त र फरक क्षमता भएका व्यक्तिहरूलाई बोकेर सार्वजनिक सवारी सिंहदरबार भित्रै छिर्ने व्यवस्था गरिएको अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रष्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?