फागुन १९ मै रिलिज होला त ‘परस्त्री’ ?

काठमाडौंँ । कलाकार समेत रहेका सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म हो ‘परस्त्री’ । सुरजको यो निर्देशनमा डेब्यु फिल्म हो ।
फिल्मको रिलिज मिति १९ फागुन बताइएको छ । यो मितिमा ‘छक्का पन्जा ६’ र ‘छड्के २’ समेत रिलिज हुँदैछन् । एकै मितिमा रिलिज हुने ‘छक्का पन्जा ६’ र ‘छड्के २’ले केही प्रचार सामाग्री सार्वजनिक गर्दा पनि ‘परस्त्री’ भने चुपचाप छ ।
श्रोतलाई पत्याउने हो भने यो फिल्म फागुनमा नआउने भएको छ । फिल्म चैत्रको १२ गते रिलिज गर्ने तयारी भएको छ । फागुन १९ मा ‘छक्का पन्जा ४’ र ‘छड्के २’ रिलिज हुने भएपछि ‘परस्त्री’ केही साता सारिन लागेको हो ।
फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । पाण्डेले भने फिल्मको रिलिज नसर्ने बताउँदै आएकी छन् । शर्मिलाले यस अगाडि ‘आमा’ र ‘चिसो मान्छे’ बनाएकी छन् । निर्देशक सुरज पनि उनकै छोरा हुन् । सामाजिक कथामा राम्रो फिल्म बनाउँदै आएकी शर्मिला ‘परस्त्री’ एकदमै राम्रो बनेको दाबी गर्छिन् । फिल्मको लगानी २ करोड बताइन्छ ।
फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री