भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा युवक पक्राउ
मङ्गलबार, १७ माघ २०७९, १६ : ०१

झापा । भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ परेका छन् । सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको ती युवकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।
भद्रपुर–१० आदर्श टोल बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्माको साथबाट डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक वसन्त पाठकले जानकारी दिए । विकलाई साइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन