क्यान अध्यक्ष चन्दको राजीनामा माग, बैठक बहिस्कार गर्ने चेतावनी
मङ्गलबार, १७ माघ २०७९, १५ : २०

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग भएको छ । पोखरामा जारी क्यानको बैठकमा ७ जना केन्द्रीय सदस्यले चन्दको राजीनामा मागेका हुन् । बैठकमा ७ जना केन्द्रीय सदस्यको तर्फबाट ऋषिराम गौतमले राजीनामा माग गर्दै अध्यक्ष चन्दलाई पत्र बुझाएका छन् ।
‘नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा अध्यक्ष ज्यूको संलग्न देखिएपछि हामी ७ जनाले पत्रमार्फत राजीनामा माग गरेका छौँ । राजीनामाको विषयमा निवेदन दिएपछि, अब बैठक अगाडि बढाउने त कुरा नै भएन,’ गौतमले भने, ‘पहल उहाँले राजीनामा दिएपछि बैठकमा सहभागी हुन्छौं ।’
राजीनामा माग्ने केन्द्रीय सदस्यमा करण महतरा क्षेत्री, गौतमसँगै दाउद अन्सारी, सञ्जयराज सिंह, छुम्बी लामा, अमितवीर पाण्डे, र धर्मराज गिरी रहेका छन् । राजीनामाको विषयमा छलफल नभए बैठक बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
-
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे