६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए ।
माघ १५ मा राति हिरासतबाट ६ जना थुनुवा भागेका थिए । सो रात डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार सरोज रेग्मी र जवान रोहन मगरलाई निलम्बन गरेको डिएसपी क्षेत्रीले जानकारी दिए । वरिष्ठ हवलदार र जवानलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो । असईलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो ।
इलाका प्रहरी कार्यालयका २६ जना प्रहरीलाई जिल्लामा झिकाइएको छ । इलाका इन्चार्ज बेचन यादवलाई पनि जिम्मेवारीबाट हटाउने तयारी छ । हिरासतबाट भागेका मध्ये मिथिला नगरपालिका–६ का रोशन महतोलाई पुन: पक्राउ गरिएको छ । ५ जनाको खोजी भइरहेको डिएसपी क्षेत्रीले बताए । प्रहरीले उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद लिएर हिरासतमा राखेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवको जिम्मेवारीमा नयाँ टिम पठाइएको छ । तर, प्रहरी निरीक्षकको दरबन्दी रहेको उक्त कार्यालयमा हेडक्वार्टरले नै प्रहरी निरीक्षक पठाउने तयारीमा रहेका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी