कर्णालीको जडीबुटी अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेन

जुम्ला । कर्णालीमा पाइने बहुमुल्य जडिबुटी अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन नसकिएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ। यार्सागुम्बा, घुच्ची च्याउ, रातो च्याउ, कुड्की जस्ता २२ किसिमका बहुमूल्य जडीबुटीहरुले राम्रो मुल्य नपाउदा स्थानीय जडीबुटी किसान लगायत व्यापारीहरु घाटा व्यहोर्न पुगेका छन्।
जडिबुटीलाई कर्णाली प्रदेशका जुम्लासहित मुगु,डोल्पा र हुम्लाका हिमाली भेगका स्थानीयको बलियो आम्दानी रुपमा लिइन्छ । जडिबुटी सप्लाई गरिने मुख्य चिनियाँ नाका बन्द हुदा जडीबुटी संकलन सहित निर्यात घटेको छ ।
विगतमा जस्तो अन्तर्राष्ट्रिय बजारमा कर्णालीको जडीबुटी निर्यात नभएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्गबहादुर महतले बताए। उनका अनुसार चिनियाँ नाका बन्द हुनपुगेका कारण जडिबुटी निर्यात संकलन घट्दै गएको छ।भनेअन्तर्राष्ट्रिय व्यापार ओरालो लाग्दा बहुमूल्य जडीबुटीले मूल्य नपाएको टिप्पणी गरे।
जुम्लाका एक नगरपालिका ७ गाउँपालिकामध्ये तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबैभन्दा धेरै जडीबुटीका हिसाबले अगाडि छन्। डिभिजन वन कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्ष ०७९र८० मा ७६ टन मात्रै जडीबुटी निर्यात भएको देखिन्छ।
यो दुई वर्षयताकै आधा कम हो । आर्थिक वर्ष ०७७/७८ मा २ सय २ टन र आर्थिक वर्ष ०७८/८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्गबहादुर महतले बताए।गत वर्ष पनि कोरोनाका कारण जडीबुटी संकलन रोकेपछि जुम्लाका किसानको छाकटार्न मुस्किल भएको थियो।
यस वर्ष चीनले माग नगर्दा जडीबुटी निर्यात ह्वात्तै घटेको हो । यसको प्रत्यक्ष असर कर्णालीको अर्थतन्त्रमा देखिएको छ।जुम्लाबाट सबैभन्दा बढी धुपी, सचेक चिनी, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ। अन्य चिराइतो, सुनपाती, पाखनबेद, सुगन्धवाल, विषजरा, बोझो, अतिस, पदमचाल, गुच्चीच्याउ, अमलबेद, रातो च्याउ, वन लसुन जस्ता २२ किसिमका जडीबुटी निर्यात हुने गरेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्री बताउँछन्।
उनका अनुसार चालू आर्थिक वर्षमा ७६ टन जडीबुटीबाट १५ लाख ११ हजार ९ सय ७५ रुपैयाँ राजस्व उठेको छ।जसमध्ये सबैभन्दा बढी ६ टन धुपी निर्यातबाट १ लाख ६ हजार राजस्व संकलन भएको छ । सचेक चिनीबाट करिब साढे २ टन निर्यात गर्दा ३ लाख ५१ हजारभन्दा बढी राजस्व संकलन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर