७४ लाख मूल्य पर्ने महिन्द्राको गाडी लन्च

काठमाडौं। भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने) नेपालमा सार्वजनिक गरेको छ । ‘एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, यसभन्दा अघि कहिल्यै नभएको जस्तो सन्तुष्टि दिने अपेक्षा गरिएको छ ! एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ’, कम्पनीले भनेको छ, ‘जुन नयाँ पहिचान – ट्विन पिक्स लोगोको साथ आएको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो, जहाँ एक्सयूभी ७०० लन्च गरिएको छ ।’
नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ ।
महिन्द्रा एक्सयूभी ७०० लाई रु.७४ लाखको आकर्षक मूल्यमा सार्वजनिक गरिएको छ । यो परिचयात्मक मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने जनाइएको छ ।
एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीको भनाइ छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको जनाइएको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।
महिन्द्राले ३० वर्ष भन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत एक्सयूभी ७०० लन्च गरेको छ । महिन्द्राका लागि नेपाल ठूलो बजार हो, जसकोे ठूलो ग्राहक आधार छ ।
एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ । नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा