जुम्लामा एक फरार प्रतिवादी पक्राउ
सोमबार, १६ माघ २०७९, २१ : ०७

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार सूचीमा रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। सोमबार फरार सुचीमा रहेका चन्दननाथ नगरपालिका –५ का ३१ वर्षीय विकाश सुनारलाई पक्राउ गरेको हो।
जिल्ला अदालत जुम्लाको २०७४ जेठ १४ गतेको फैसला आदेशले अवैध गर्भपतन मुद्दामा सुनारलाई २ सय ५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो। उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
उनलाई जुम्लाको सदरमुकाम खलंगा बजारबाट पक्राउ गरेर अदालतमा पेस गरिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी