अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

काबुल । चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। ।
खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको छ ।
विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका छन् ।
यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सङ्कट उत्पन्न भएको छ ।
अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् ।
साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा बदख्सान, नुरिस्तान, कुनार, नाङ्गरहार, लघमान, कपिसा, पञ्जशिर, परवान, काबुल, लोगर, पक्तिका, जाबुल, गजनी, मैदान वार लगायतका प्रदेशमा आगामी दिनमा भारी हिमपात हुने जनाइएको छ ।
अफगानिस्तानको तीन करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो छ । यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।
टोलो समाचारले तापमानमा आएको अचानक गिरावटले समस्याग्रस्त देशमा थप गरिबी तर्फ धकेल्दै खाद्यान्न र इन्धनको अभावबाट पीडित मानिसहरूलाई नराम्ररी असर गरेको छ । (रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’