अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित वृद्ध हेरचाह केन्द्रमा कार्यरत नर्सिङ सहायकले वृद्ध बिरामीहरूलाई थप्पड हान्नुका साथै घकेलेर दुर्व्यवहार गरेको खुलेको छ ।
वृद्ध हेरचाह गृहमा कार्यरत अस्मिता पाण्डे सो गलत कार्यमा संलग्न रहेको नाइनन्युज डटकमले जनाएको छ । उनले आफ्नो गल्ती स्वीकार गरेको समाचारमा जनाइएको छ ।
इपिङस्थित एस्टिया हेल्थमा कार्यरत उनी नेपालबाट वर्किङ भिसामा अस्ट्रेलिया पुगेकी थिइन् ।
उनलाई गत वर्ष उनका सहकर्मीहरूले गलत कार्यमा संलग्न रहेको भनि रिपोर्ट गरेपछि पक्राउ परेकी थिइन् । उनले दुर्व्यवहार गरेकीमध्ये एक ९५ वर्षीया वृद्ध समेत रहेको समाचारमा जनाइएको छ। ती वृद्ध डिमेन्सिया रोगबाट ग्रस्त थिइन् ।
अदालतमा सोमबार पाण्डेले आफ्नो गल्ती स्वीकार गरेसँगै एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले विज्ञप्तिमार्फत माफी मागेका छन् ।
अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ भने उनीविरुद्ध आगामी मार्चमा सजाय सुनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद