सहकारी क्षेत्रलाई व्यवस्थित गर्न मेयर बालेनले मागे गभर्नरको सहयोग

काडमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले महानगरभित्रका सहकारी संघ संस्थाहरुलाई व्यवस्थित गर्न र वित्तीय अनुशासन कायम गराउन गभर्नर महाप्रसाद अधिकारीसँग सहयोग माग गरेका छन् ।
सोमबार शाहले गभर्नर अधिकारीलाई भेटी महानगरपालिकाभित्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने भन्दै सोका लागि आवश्यक कानुनी व्यवस्था समेत गर्नुपर्ने धारणा राखे ।
भेटका क्रममा मेयर शाहले, सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौँ महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे । यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैङ्क र विज्ञहरुसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ ।
प्रतिउत्तरमा गभर्नर अधिकारीले सहकारीहरुमा वचतको सिलिङ् सम्बन्धी कानुनी प्रवन्ध गर्न सकिने बताएका छन् । सो अवसरमा गभर्नर अधिकारीले महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैङ्कले उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
हाल काठमाडौँ महानगरपालिका क्षेत्रमा १ हजार ९५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् भने २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक÷एक वटा र अन्य ५ वटा सहकारी छन् ।
काठमाडौँ कार्य क्षेत्र भएका सहकारीहरु महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन् । सहकारी वित्तिय जोखिमका उजुरीहरु पर्ने गरेका छन् । यस्ता उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् । घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जग्गा दर्ता गर्न कर्मचारी नै बाधक
-
महाकाली सीमा अतिक्रमणबारे वार्ता गर्न र भारतलाई तटबन्ध निर्माण रोक्न झलनाथको सुझाव
-
पहलगाममा आतंकवादी हमला : परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त