राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गर्न जसपा नेताको प्रस्ताव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दल विशेषको व्यक्तिलाई अघि सार्न नहुनेमा जोड दिएका छन् । विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्याउन नहुने उनको भनाई छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले राष्ट्रपतिको निर्वाचनको विषयले हाम्रो राजनीति तातिएको छ । सबैको यसमा चासो बढेको छ। राष्ट्रपतिको बारेमा हामीले संविधान लेखिरहँदाखेरि यो अलांकारिक, राष्ट्रको साझा व्यक्तिको रुपमा खासगरी अभिभावकको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने परिकल्पना गरेर नै संविधान लेखिएको हो । विगतमा दुईवटा राष्ट्रपतिका कार्यकालको रुपमा अनुभव बटुलेका छौं । अहिले राष्ट्रपतिको बारेमा पार्टीहरुका बीचमा ध्रुवीकरण भएको छ, यो चर्चाको विषय बनेको छ । विगतमा राष्ट्रपतिहरुद्धारा आफ्नो अनुकुल संविधानलाई व्याख्या गरेर, आलांकारिक भन्दा पनि कुनै कुनै ठाउँमा कार्यकारीजस्तो भूमिका खेलेको देखियो । राष्ट्रपतिबारे दलीय ध्रुवीकरण भएको छ, यसमा दुईवटा कारण छ । पहिलो भनेको आफ्नो अनुकूलको राष्ट्रपति भयो भने, त्यहीअनुकूल गराउने दृष्टिकोण छ । अर्को चाहीँ, राष्ट्रपति आफूभन्दा फरक विचारको भयो भने भोलि समस्या पार्ला कि भन्ने चिन्ता र चासो छ । अहिले अलिक बढि नै चर्चा या ध्रुवीकरण भएको छ ।’
यादवले आफूहरु राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको सुनाए । उनले थपे– ‘हामीले संविधानले परिकल्पना गरेजस्तो राष्ट्रपतिमा राष्टिय सहमतिको आधारमा, र त्यो साझा व्यक्तित्वलाई निर्वाचित गर्न सक्यौं भने त्यो पदको गरिमा पनि बढ्छ । संविधानको संरक्षकको रुपमा राष्ट्रपतिलाई परिकल्पना गरेका छौं । साझा व्यक्ति ल्याउन सकियो भने त्यो न्याय हुन्छ । दलीय भागबण्डा भन्दा माथि उठेर संविधानलाई कार्यान्वयन गर्ने व्यक्ति ल्याउनुपर्छ । अहिले हाम्रो जुन कलिलो शिशु अवस्थामा रहेको व्यवस्थालाई परिस्कृत बनाउनको लागि पनि त्यतातिर सोच्नुपर्छ । लोकतान्त्रिक व्यवस्था आज दलतन्त्रमा फसेको छ । अहिले चिन्ता बढेको छ । व्यवस्थालाई समृद्ध र परिस्कृत बनाउन चाहेको हो भने राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौं ।’
यादवले राष्ट्रिय जीवनमा आफ्नो ठूलो लगानी गरेको र देशको अभिभावकको रुपमा सबैले स्विकार गर्नसक्ने र सबै दलले स्वामित्व ग्रहण गर्नसक्ने व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)