प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती, तर अब गठबन्धन टिक्दैन : नेता भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बचपना रहेको टिप्पणी गरेका छन् । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तरिक द्धन्द्धका कारण मुलूकलाई नराम्रो असर पारेको उनको आरोप छ ।
‘नेपाली राजनीतिमा नेताहरुको चिन्तन अत्यन्तै बचपन छ । यसरी मुलूक बन्दैन । ३२ वर्ष भयो हामीले बहुदल ल्याएको । हामी जेल बसेको, यातना खाएको यो मूलुक रुपान्तरण गरौंला भन्ने थियो । जहिलेसुकै सत्ताको कुरा र द्धन्द्धको कुरा यसले मुलूकलाई डुबायो,’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने । विगतका सोचाई बोकेर अझै हिँडिरहे अर्को ३२ वर्षमा पनि यो मुलूक नबन्ने उनको दाबी छ । साथै, मनमोहन प्रधानमन्त्री हुँदापनि आफूहरुले विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसबेला मनमोहनलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनमा जानुपर्ने भएको र मुलुकको धेरै खर्च हुने भएकाले समर्थन गरेको बताए ।
‘हामीले मनमोहनजी प्रधानमन्त्री हुँदा समर्थन गर्यौं । मुलूकको धेरै खर्च हुने भयो । मध्यावधि निर्वाचनमा जाने भयो भनेर समर्थन गर्यौं,’ उनले विगत स्मरण गराए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने बताए । माओवादीसँगको गठबन्धनमा निर्वाचनमा जाँदै गर्दा जनतासँग गरेको वाचा पुरा गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको उनको भनाई छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको स्विकारोक्ति थियो । अहिलेको सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै उनले यस विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै नेता भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने ठोकुवा गरे । उनले प्रचण्ड जता पनि टर्न लिनसक्ने नेता भएको चित्रण गरे ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा जानु गल्ती भएको उनको दाबी छ । रबिप्रति जनताको आकर्षण देखेर आफू लोभिएको उनको भनाई छ । रबि लामिछाने गैरसांसदको रुपमा मन्त्री बन्ने कि नबन्ने भन्ने उनको इच्छा भएको भण्डारीको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त