भारतको सर्वोच्च अदालतले मोदी बारे बनाइएको बीबीसी डकुमेन्ट्रीको लिंक हटाउने विषयमा सुनुवाइ गर्ने
सोमबार, १६ माघ २०७९, १२ : ३८

सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको बीबीसी वृत्तचित्रको लिङ्कमा केन्द्रको प्रतिबन्धलाई चुनौती दिने याचिकामा फेब्रुअरी ६ मा सुनुवाइ गर्ने बताएको छ ।
सर्वोच्च अदालतले सोमबार भन्यो, ‘हामीहरु फेब्रुअरी ६ मा पत्रकार एन राम र वरिष्ठ अधिवक्ता प्रशान्त भूषण र अन्यको तर्फबाट बीबीसी डकुमेन्ट्रीको लिङ्कसहित उनीहरूको ट्वीट हटाउने बिरूद्ध दायर गरेको याचिकामा सुनुवाई गर्नेछौँ ।’
एन राम र प्रशान्त भूषणको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता चन्द्र उदय सिंहले प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको इजलासमा मुद्दा प्रस्तुत गर्दै पत्रकार एन राम र प्रशान्त भूषणको ट्वीट कसरी आपतकालीन शक्ति प्रयोग गरेर मेटाइयो भन्ने कुरा बताए ।
यस बाहेक उनले अजमेरका विद्यार्थीहरूबारे पनि कुरा उठाए जसलाई डकुमेन्ट्रीको स्क्रिनिङ गर्ने कोसिसका कारण निलम्बन गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण