सहिदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह
_oe691H0gTj.jpg)
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । सोमवार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अमर सहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए ।
उनले सहिदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए । उनले सहिदहरुले भावि सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले सहिदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए ।
उनले भने, ‘अमर सहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु । सहिदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो । हामी सन्ततिहरुका लागि उहाँहरुको सुनौलो सपना थियो । आज सहिदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर सहिदहरुको आत्माले शान्ति पाउँछ । अमर सहिदहरुको सपना साकार पार्न सबै आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ । इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ ।’
मेयर साहले अमर सहिदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिटकिरीका ७ फाइदा : प्रयोग गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
-
सामाजिक सञ्जाल विधेयक : लोकतन्त्रमाथि खतरा !
-
आज शून्य भेदभाव दिवस मनाइँदै
-
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात