तिनउमा डुबेर एक युवाको मृत्यु
सोमबार, १६ माघ २०७९, ०८ : ३८

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वाड नम्बर - ३ भुतखोलामा घुम्न गएका एक युवाको डुबेर मृत्यु भएको छ । तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा पोखरीमा डुबेर पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनसार पठान र रुपन्देहीको सिद्धार्थनगर - ४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए । भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको पाल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण