उपलब्धिहरू प्राप्तिको श्रेय शहीदहरूलाई जान्छः उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन् । उनले ‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिनुहुने सम्पूर्ण शहीदहरुको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गरे ।
उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । “नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
-
दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी