गुफामा बसी चिसो छल्दै अफगानिस्तानी भूकम्प पीडित

अफगानिस्तान । अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा बस्न बाध्य भएका र अत्यधिक चिसोका कारण कैयौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पाक्तिका प्रान्तको ग्यान, बर्मल र जिरुक जिल्लाका धेरै बासिन्दा चिसो मौसमबाट बच्न गुफामा बस्दै आएका हुन् । प्रान्तीय अधिकारीहरूले उपलब्ध गराएको जानकारीअनुसार यी जिल्लाहरूमा दुई महिनाभन्दा कम समयमा चिसोका कारण महिला र बालबालिकासहित ३५ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानमा दाउराको अभाव र गम्भीर मानवीय सङ्कटका कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । आफ्नो परिवारसँग पालमा बस्ने केरामतुल्लाहले टोलोन्युजसँग भने, “वरपर बाक्लो हिउँ जमेको छ, र म आगो बाल्ने दाउरा खोज्ने प्रयास गरिरहेको छु ।”
सरकारी तथ्याङ्कअनुसार गत वर्ष पाक्तिका र खोस्त प्रान्तमा गएको भूकम्पले सात हजार आठ सयभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । क्षति भएका घरहरूमध्ये करिब छ हजार घर गायान जिल्लाका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले तीन महिनाभित्र मधेश प्रदेशमा सबै तहका समिति गठन गर्ने
-
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न क्षति आंकलन थालिएको छः मन्त्री लेखक
-
भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी