इरानको सैन्य केन्द्रमा ड्रोन आक्रमण

तेहरान । इरानको मध्य सहर इस्फाहानमा रहेको एक सैन्य प्लान्टमा ड्रोन आक्रमण भएको सीएनएनले आइतबार जनाएको छ ।
रक्षा मन्त्रालयसँग सम्बन्धित एउटा सैन्य केन्द्रमा विस्फोट भएको इस्फाहान प्रान्तका सुरक्षा उपप्रमुख मोहम्मद रेजा जान–नेसारीले इरानी समाचार संस्था फार्स न्यूज एजेन्सीलाई बताए ।
विष्फोटबाट केन्द्रका भौतिक संरचनामा केही क्षति भएपनि मानवीय क्षति भने नभएको बताइएको छ ।
इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले उक्त विस्फोट ‘साना ड्रोन’का कारण भएको जनाएको छ ।
रक्षा मन्त्रालयको औद्योगिक परिसरमा साना ड्रोनले असफल आक्रमण गरिएको इरानी समाचार संस्था (आइआरएनए)ले देशको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ट्वीटरमा लेखेको छ ।
“केन्द्रको एयर डिफेन्स सिस्टमले दुईवटा ड्रोन नष्ट गर्न सफल भएको र यो असफल आक्रमणमा मानवीय क्षति भएको छैन ।
इरानको रक्षा मन्त्रालयका अनुसार स्थानीय समयअनुसार शनिबार राति १०ः३० बजे आक्रमण भएको हो । यो सैन्य प्लान्ट तेहरानबाट करिब ४४० किलोमिटर दक्षिणमा रहेको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु
-
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
-
नातिनीलाई चप्पल हिर्काउँदा हजुरआमालाई ४ वर्ष जेल सजाय !
-
वर्ष २०८१ को अन्तिम दिन घटेर बन्द भयो सेयर बजार
-
खैरो हेरोइन सहित समातिएका आरोपी ट्याक्सीबाट ओर्लिएर फरार
-
नेपाल ल क्याम्पसमा वैशाख ८ गते स्ववियु निर्वाचन हुने