सर्वपक्षीय बैठकको निष्कर्ष : कुनै छिद्र नराखी स्ववियु निर्वाचन चैत ५ गते नै हुनुपर्छ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएकै समयमा गर्नुपर्नेमा विद्यार्थी संगठनहरुले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय विद्यार्थी तथा खेलकुद निर्देशनालय आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा कुनै पनि हालतमा स्ववियु चुनाव हुनुपर्नेमा जोड दिएका हुन् ।
चैत ५ गते हुने गइरहेको स्ववियु निर्वाचनको निर्देशिका सम्बन्धी छलफल गर्न विद्यार्थी संगठनका प्रतिनिधिहरूलाई बोलाएको थियो । छलफलको क्रममा प्रस्तावित निर्देशिका संशोधन गर्नुपर्ने बताएका थिए । अब त्रिवि कार्यकारी परिषद्ले उक्त निर्देशिका संशोधनसहित कार्यान्वयनमा ल्याउनेछ ।
बैठकमा विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए । त्रिविले आफूसँग गरेको विगतका सम्झौता कार्यान्वयन गरेर मात्र अगाडि बढ्न समेत ध्यानाकर्षण गराए ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका प्रतिनिधिले आफूले अघि सारेको माग पुरा गरेर मात्र अगाडि बढ्नुपर्ने बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू नगरेको खण्डमा आफूहरू अदालत समेत जान सक्ने उनीहरूको चेतावनी थियो ।
अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले विद्यार्थी संगठनहरुले आ आफ्नो धारणा राखेको बताए । विगतमा आफूले राख्दै आएका अडान आजको बैठकमा सम्बन्धित विद्यार्थी संगठनका प्रतिनिधिले राखेको उनको भनाई छ ।
बैठकमा नेविसंघले उमेरहद हटाउनुपर्ने माग राखेको थियो । त्यस्तै अन्य विद्यार्थी संगठनहरुले समेत विगत भए अनुसार नै यो पटकको निर्वाचन पनि गर्ने वातावरण बनाउन त्रिविलाई आग्रह गरेका थिए ।
‘विगतमा यसअघि जसरी निर्वाचन भएको त्यही आधारमा निर्वाचन हुने कुरामा सहमति भयो । चैत ५ गतेको निर्वाचन कसैले पनि रोक्न सक्दैन । यसमा हामीले त्रिविको ध्यानाकर्षण पनि गराएका छौँ,’ वरिष्ठ उपाध्यक्ष लामिछानेले भने ।
अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले निर्देशिका केही कुरा परिमार्जन गर्नुपर्नेमा जोड दिएको बताए ।
‘विद्यार्थी संगठनका साथीहरुले आ आफ्नो ढंगबाट कुराहरु राख्नुभयो । विगतमा आफूसँग गरेको सहमति अनुसार अगाडि बढ्न सुझाव पनि दिनुभयो । कुनै पनि हालतमा चुनाव तोकिएकै मितिमा हुनुपर्नेमा सबैले जोड दिनुभयो,’ अध्यक्ष भट्टराईले भने ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले विद्यार्थी संगठनहरुबाट महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको बताए । विद्यार्थी संगठनबाट प्राप्त सुझावका आधारमा अघि बढेर तोकिएकै मितिमा स्ववियु चुनाव गराउन त्रिवि प्रतिबद्ध रहेको बताए ।
उक्त निर्देशिका त्रिवि स्ववियु केन्द्रीय अनुगमन तथा समन्वय कार्यसमितिले तयार पारेको थियो । कार्यसमितिले तयार पारेको निर्देशिका केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिमा पेस गरिएको थियो । समितिमा छलफल गरेपछि विद्यार्थी संगठनहरुसँग पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । सोही आधारमा आज २१ वटा विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरिएको उनको भनाई छ ।
‘छलफलको क्रममा केही महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । केही अस्पष्टता देखिएका छन् । त्यसमा स्पष्टता ल्याउने कुरा भएको छ,’ निर्देशक अधिकारीले भने, ‘कुनै पनि चर नराखीकन, छिद्र नराखिकन स्ववियु निर्वाचन गर्ने वातावरण बनाउनुहोस् भन्ने विद्यार्थी संगठनहरुबाट म्याण्डेड प्राप्त भयो ।’
अब त्रिवि कार्यकारी परिषद्को बैठकमा उक्त निर्देशिका पेस गरेर संशोधन गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि