स्वच्छ खानेपानी उत्पादन गरी बोतल र जारमार्फत वितरण गर्ने योजना छ : मन्त्री खान
आइतबार, १५ माघ २०७९, १७ : ३६

बाँके । खानेपानी मन्त्री अब्दुल खानले सरकारले पनि बोतल र जारबाट खानेपानी उत्पादन गर्ने योजना बनाइरहेको बताएका छन् । आइतबार जिल्लामा अवस्थित राप्ती खानेपानी फिल्टर स्टेसन योजनाको निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खानले स्वच्छ खानेपानी उत्पादन गरी बोतल र जारमार्फत वितरण गर्ने योजना कार्यन्वयन गर्ने तयारी भैरहेको बताए । मन्त्री खानले कर्मचारीलाई खानेपानी जनताको घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन समेत दिए ।
उनले भने, ‘खानेपानी जनताको मौलिक हकमा नै पर्ने हुँदा जनताको अधिकारसँग कसैले खेलवाड गर्न हुँदैन, यदि खेलवाड गरेको पाइएमा जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइन्छ ।’ प्रदेशमा रहेका खानेपानी तथा खानेपानी फिल्टर स्टेसन योजनाहरूलाइ प्रभावकारी रूपमा जनताले महशुस गर्ने गरि कार्यन्वयन गर्ने समेत मन्त्री खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत
-
कजारियाको नयाँ सोरुम धनगढीमा
-
तथ्याङ्कमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट, टोलीहरूलाई पुरै ओभर टिक्नै सकस